फेसबुकको नयाँ फिचर ‘अफ फेसबुक एक्टिभिटी’ हुनेछ फाइदाजनक

यो गोपनियताको हिसाबले फाइदाजनक हुने अनुमान गरिएको छ।

परीक्षणकालमा रहेको यस फिचर हाल सिमित देशमा मात्र प्रदान गरिएको छ। फेसबुकले आफ्ना सबै प्रयोगकर्ताको डेटाहरु संकलन गर्दछ। जस्तै तपाइँले फेसबुकमा के हेर्दै हुनुहुन्छ, कुन पोस्ट लाइक गर्नुभयो, कुन विज्ञापन हेर्नभयो। फेसबुकले यो सबै थाहा पाउँछ।



यो अलवा तपाइँले फेसबुकलाई लोकेसन डेटा, वाइफाइ डिटेल्सको स्वीकृति दिुनभयो भने त्यसको डेटा पनि फेसबुकले संकलन गर्दछ।

प्रयोगकर्ताको धेरै डेटाहरु फेसबुकले संकलन गर्ने आरोपका बीच फेसबुकले यो गोपनियता सम्बन्धी फिचर ल्याएको हो।

अफ फेसबुक एक्टिभिटी फिचर फेसबुकको एक सेक्सन हो। जहाँ क्लिएर हिस्ट्री भन्ने अप्सन भेटिन्छ। यसलाई थिचेपछि हामीले हाम्रा पुराना सबै डेटाहरु हटाउन सक्छौं।

यसरी हामीले हाम्रा डेटाहरु बचाउन सक्छौं। साथै हाम्रा फ्रेन्ड लिस्टमा भएका मानिसहरुले पनि हाम्रा गतिविधि हेर्न सक्दैनन्। एजेन्सी

सम्बन्धित समाचार