विद्या बालन पनि अछुतो भइनन् ‘कास्टिङ काउच’बाट

कलाकारको जीवन देख्दा लाग्छ, सधैँ आनन्द र सुख सुविधायुक्त हुन्छ। मानिसहरुलाई लाग्छ चमक, नाम र चर्चाले चुलिएको जीवन कति सहज हुन्छ होला। तर वास्तवमा यो सत्य होइन। अभिनेत्री विद्या बालनले आफ्नो करियरको बारेमा केही तथ्य खोलेकी छन्, उनले आफूसँगै ‘कास्टिङ काउच’को बारेमा पनि बताएकी छन्।

‘पिंकभिल्ला’ सँग गरिएको एक अन्तवार्तामा विद्याले त्यो समयको बारेमा कुरा गरिन् जब उनको हातबाट एक होइन, १२ ओटा प्रोजेक्ट फुत्कियो। विद्याले हिरोइन बन्‍नको लागि आफूले गर्नु परेको संघर्षका कुरा सुनाइन। उनले आफूले कति लामो समय आफ्नो अनुहार ऐनामा हेर्न नसकेको पनि बताइन्।



विद्याले बताएका किस्साहरु असाध्यै डरलाग्ने खालका थिए। चेन्नाईमा कामको शिलसिलामा उनी एक निर्देशकलाई भेट्न गएकी थिइन्। तर त्यो निर्देशक उनको फाइदा उठाउने सोचिरहेको थियो।

विद्याले भनिन्, ‘मैले उसलाई कफि सपमा गएर कुरा गरौँ भन्ने प्रस्ताव राखे, तर उसले मलाई बारम्बार कोठामा जानलाई आग्रह गरिरह्यो। उसले भन्यो, ‘मलाई केही कुरा गर्नु छ त्यसको लागि कोठामा जानुपर्छ।’ उसको सोचलाई मैले बुझे र कोठामा गए, तर मैले कोठाको ढोका खुल्ला छोडेँ। त्यो निर्देशक मसँग केही नबोली ५ मिनेटमा त्यहाँबाट भागे।’

विद्या बालन लामो समयदेखि बलिउडकी शसक्त पात्र बनेकी छन्। उनले आफ्नो अभिनय अलग(अलग भूमिकामा आएर फ्यानलाई खुसी र प्रेरित गरेकी छन्। विद्या आफै एकदमै शक्तिशालि महिला हुन् र शक्तिशालि बन्‍ने प्रेरणा पनि दिन्छिन्।

अहिले विद्या बालन अभिनित चलचित्र ‘मिशन मंगल’ प्रदर्शनमा छ। यो चलचित्रलाई दर्शकले धेरै रुचाएका छन्।

सम्बन्धित समाचार