सबै कम्पनीको ब्लेडको बीचमा एउटै डिजाइन हुन्छ, किन?

एजेन्सी । हामी सबैले देख्ने गरेकै छौ बजारमा दारी काट्न वा कपाल काट्नको लागि विभिन्न कम्पनीका ब्लेडहरु आउने गरेका छन् । तर सबै कम्पनीको ब्लेडको बीचमा एउटै किसिमको डिजाइन बनेको हुन्छ । आखिर किन बनाउछन् त सबै कम्पनीले एउटै किसिमको डिजाइन ?

१९०१ मा जिलेट कम्पनीका संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यहि सालबाट ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।



शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिमको डिजाइन बनाइएको थियो । बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबनाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।

त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आएको छ । त्यसकारण आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।

किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे । बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागे ।

सम्बन्धित समाचार