नवकान्तिपुर संवाददाता
काठमाडौं
हरितालिका तीजको अवसर पारेर करिव दुई दशकदेखि बन्द रहेको पशुपतिको पूर्वीढोका खुला गरिने भएको छ । तीजको दिन मन्दिर प्रवेृशमा हुने असुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले उक्त निर्णय गरको हो ।
कोषले यसपटक उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर र पिङलास्थानबाट भक्तजनलाई मन्दीर प्रवेश व्यवस्था मिलाएको छ । झङकेश्वरीबाट पनि भक्तजनले मन्दीर प्रवेश गर्न पाउने भएका छन भने मन्दीरको पश्चिमद्वारबाट भक्तजनलाई बाहिरिने व्यवस्था मिलाइएको छ ।
सरकारी सवारीको दुरुपयोग रोक्ने उद्देश्यले यसपटक पशुपति क्षेत्रमा सवारी प्रेवशमा रोक लगाउदै कुनै पासको व्यवस्था नभएको कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने लाईन बस्न नपर्ने गरि व्यवस्थागरि स्वयम सेवकको रुपमा खटिएका स्काउटको टोलीको साथमा सिधै मन्दीर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
तीजको अवसरमा महिला प्रहरीको संख्यामा पनि बढावा दिएको उनको भनाई रहेको छ ।