नक्कली तमसुक बनाएर साधारणलाई ठग्ने श्याम परदेशी पक्राउ

सर्लाहीमा स्थानीय सर्व साधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह ‘परदेशी’ लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्व साधारणलाई ठगी गरेको विषयमा छान बिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घर नजिकैबाट पक्राउ गरेको हो ।

ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका साहमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्ट राईले जानकारी दिए। उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार प्रकाशित भएका थिए ।



साह माथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोड भन्दा बढीको तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आए पछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइ सक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार