–मनोज राज रेग्मी
काठमाडौं, १६ भदाै ।
भौतिकशास्त्रका अनुसार मानिस मरेपछि त्यो नै उसको अन्त्य हो । उसको पुर्नजन्म हुन सम्भव छैन । तर आध्यात्मिकवादका अनुसार मृत्यु मानिसको अन्त्य होइन र मृत्युपछि पनि जीवनचक्र चलिरहन्छ । यदि भौतिकशास्त्रको तर्कलाई विश्वास गर्ने हो भने भौतिकशास्त्रका अनुसार शक्तिको न जन्म हुन्छ न मृत्यु नै, यो त केवल एक शक्तिबाट अर्को किसिमको शक्तिमा परिवर्तन हुन्छ । यस अनुसार पनि मानिसको पूर्ण मृत्यु असम्भव छ । मानिसको मृत्युपछि पनि मानिसको विचार, मानिसलाई चलाउने शक्ति आत्माको रुपमा जीवित हुन्छ अनन्तकालसम्म । वैज्ञानिकहरुले यो कुरा पनि पत्ता लगाईसकेका छन् कि हाम्रो विचार पनि अनन्तकालसम्म जिवीत रहिरहन्छ । त्यही विचार, संस्कार, अनुभवको समिष्टी रुप नै त आत्मा हो ।
मृत्युको अर्थ हो भौतिक शरीरबाट आत्मा छुट्टीनु । मृत्यु नयाँ र राम्रो जीवनका लागि एउटा प्रारम्भिक बिन्दु हो । यसले जीवनको उच्च रुपको द्धार खोल्दछ । यो सम्पूर्ण जीवनको केवल एउटा प्रवेशद्धार हो । जन्म र मृत्यु संसारको मायाँजाल हो । मानिस जन्म लिएपछि नै मर्ने प्रक्रियाको शुरुआत हुन जान्छ र मर्ने बित्तिकै जीवनको शुरुआत हुन जान्छ । जन्म र मृत्यु यस संसारको मंचमा प्रवेश गर्ने र बाहिर जाने द्धार मात्र हो । वास्तवमा न त कोई आउँदछ न त कोई कतै जान्छ । केवल ब्रम्ह र अनन्तको नै अस्तित्व हुन्छ । जसरी हामीले हाम्रो जीवनमा एउटा घर छोडेर अर्को घरमा जान्छौं, बसाई सराई गर्दछौं त्यसरी नै आत्मा अनुभव प्राप्त गर्नको लागि एउटा शरीर छोडेर दोश्रो शरीरमा प्रवेश गर्दछ । त्यसरी नै जसरी मनुष्यले पुरानो कपडा छोडेर नयाँ कपडा लगाउँदछ । मृत्यु जीवनको अन्त्य होइन । जीवन एउटा कहिल्यै खतम नहुने प्रक्रिया हो । यो निरन्तर चलि नै रहन्छ । मृत्यु एउटा जरुरी घटना हो जसको अनुभव प्रत्येक आत्मालाई भविष्यमा विकास गर्नको लागि गर्नुपर्दछ । एक विवेकी र बुद्धिमान व्यक्ति कहिल्यै पनि मृत्युदेखि डराउँदैन ।
प्रत्येक आत्मा एउटा चक्र हो । यस चक्रको परिधि कतै पनि खतम हुँदैन तर यसको शरीर हाम्रो शरीर हो । तब किन मृत्युसँग डराउन पर्दछ ? परमात्मा वा सर्वोच्च आत्मा मृत्युरहित, कालातीत, निराधार र असीम छ । यो शरीर, मन र पुरा संसारको लागि एउटा केन्द्र हो । मृत्यु त केवल भौतिक शरीरको प्राप्त हुन्छ, जुन पाँच तत्वले बनेको छ । मृत्युले शाश्वत आत्मालाई कसरी मार्न सक्छ जुन समय, स्थान र कर्मभन्दा पर छ ? यदि तपाई जन्म र मृत्युको चक्रबाट मुक्ति पाउन चाहनुहुन्छ भने तपाईलाई शरीरविहीन हुनुपर्दछ । शरीर हाम्रो कर्मको परिणाम हो । तपाईले कुनै पनि कार्य फलको चाहना विना नै गर्नुपर्दछ । यदि तपाईं आफूलाई राग, द्धेष वा चाहनु, नचाहनुबाट मुक्त गर्न सक्नुहुन्छ भने तपाईंले आफूलाई कर्मबाट पनि मुक्त गर्न सक्नुहुन्छ । तपाईंले केवल अहंकारलाई खतम गरेर आफूलाई राग र द्धेषबाट मुक्त गर्न सक्नुहुन्छ । जब अविनाशी ज्ञानद्धारा अज्ञानताको अन्त हुन सक्दछ भने तपाईंले अहंकारलाई पनि विनाश गर्न सक्नुहुन्छ । यसकारण यस शरीरको जडको कारण यो अज्ञानता हो । जसले पनि त्यस अमर आत्मालाई महशुस गर्दछ जुन सबै खालका ध्वनि, दृश्य, स्वाद र स्पर्शभन्दा पर छ, जो निराकार र निर्गुण छ, जुन प्रकृतिभन्दा पर छ, जुन तीन शरीर र पाँच तत्वभन्दा पर छ, जुन अनन्त र अपरिवर्तनीय छ, उसले आफूलाई मृत्युको मुखबाट मुक्त पाउँदछ ।
जीव वा व्यक्तिगत आत्मा आफ्नो कार्यलाई प्रदर्शित गर्नको लागि र अनुभव प्राप्त गर्नको लागि अनेक शरीर धारण गर्दछ । त्यो शरीरमा प्रवेश गर्दछ र फेरि जब त्यो शरीर रहन योग्य हुँदैन, त्यसलाई त्याग्दछ । त्यसले फेरि एउटा नयाँ शरीरको निर्माण गर्दछ र पुनः फेरि त्यही प्रक्रिया दोहोर्याउँदछ । यो प्रक्रियालाई स्थानांतरगमन भनिन्छ । कुनै नयाँ शरीरमा आत्माको प्रवेश गर्नुलाई जन्म भनिन्छ । शरीरबाट आत्माको अलग हुनुलाई मृत्यु भनिन्छ । यदि शरीरमा आत्मा हुँदैन भने त्यो शरीर मृत हुन्छ र यसलाई प्राकृतिक मृत्यु भनिन्छ । एककोशीय जीवहरुको लागि प्राकृतिक मृत्यु अज्ञात हुन्छ । जब पृथ्वीमा यस्तो जीवहरुलाई जीवन मिल्दछ तब तिनीहरुको मृत्यु अज्ञात हुन्छ । यो घटना केवल बहुकोशकीय जीवहरुको साथ मात्र हुन्छ । प्रयोगशालाहरुको शोधबाट पत्ता लागेको छ कि कुनै जीवको जीवनको समाप्ति पछि पनि उसको अंगले काम गर्न सक्दछ । मृत्यु पछि पनि कैयौं महिनासम्म सफेद रक्तकण शरीरमा जीवित रहन्छ । मृत्यु जीवनको अन्त होइन । यो त मात्र एक महत्वपूर्ण व्यक्तित्वको समाप्ति हो । जीवन संसारमाथि विजय पाउनको लागि चलिरहन्छ । यो तब समम चलिरहन्छ जबसम्म यो अनन्तमा विलीन हुँदैन ।