हरितालिका तीजको अवसरमा यसपटक १२ वर्षदेखि बन्द रहेको पशुपतिको पूर्वी ढोका पनि खुला गरिएको छ ।
करिव ११ वर्षअगाडि २०६५ सालमा पहिलोपटक पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको वेला सो ढोका बन्द गरिएको थियो । उक्त ढोका तीजको अवसर पारेर आज बिहानैदेखि खुला गरिएको हो ।
सो ढोका पनि खोलिएपछि पूर्वतर्फबाट आउने दर्शनार्थीरभक्तजनलाई मन्दिर प्रवेशमा सजिलो हुने भएर ढोका खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालका अनुसार उक्त द्वार अब हरेक बिहान ६ बजे बजेबाट खोलिनेछ ।
सो ढोका खोलिएको वेला पश्चिमतर्फबाट आएका भक्तजनले समेत गङ्गामाई, कलि, ब्रह्मनाल ९तारकेश्वर शिवलिङ्ग० र बाग्मतीको दर्शन गर्न पाउने ढकालले बताए ।
आज तीजको अवसरमा भने दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चारै ढोका आज राति लाम नसकिएसम्म खुला नै रहने जनाइएको छ ।