चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी असोज अन्तिम साता नेपाल आउने भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ ।
सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबार अझै टुंगो नलागे पनि उनको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारे तयारी अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए ।