एक जोडीले गरे संयुक्त आत्महत्या

काठमाडौं । गौशाला स्थित पशुपति भण्डारखाल जंगलमा डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका छन् ।

भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।



प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ । ‘उनीहरुले संयुक्त आत्महत्या गरेजस्तो देखिन्छ’– अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

मृतकद्धय खोटाङको दित्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका जय गिरी ९४० बर्ष० र खोटाङ बस्ने उमिता दमाई भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङको याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।

आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार