प्रधानमन्त्री ओलीद्वारा दोश्रो पटक पनि विवादित ‘भिडियो कन्फ्रेन्स’ मार्फत छलफल

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’ मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।

छलफलका क्रममा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका थिए ।



यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलोपटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग ‘भिडियो कन्फ्रेन्स’मार्फत छलफल गरेका थिए ।

तर, ‘भिडियो कन्फ्रेन्स’लाई लिएर वैधानिकतामा प्रश्न गर्दै तीव्र आलोचना भएको थियो ।

सम्बन्धित समाचार