बुबाआमाका गालीका कारण १४ वर्षका बालकले गरे आत्महत्या

वीरगञ्जमा १४ वर्षका एक बालकले झुण्डिएर आत्महत्या गरेका छन्।

वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्द चौरसियाको झुण्डिएर ज्यान गएको पर्सा प्रहरीको भनाई छ। उनले बुवाआमाले गाली गरेको कारण आफ्नै घरको बाँसको बलोमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।



उनलाई झुण्डिएको अवस्थामा बुवाले देखेर पासो फुकाई उपचारको लागि नारायणी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषित गरेका थिए।

मृत बालकको शवलाई पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

सम्बन्धित समाचार