सुजन शाही
१८ भदाै, २०७६
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई भेट्न सिंगापुर बोलाएका छन् । प्रधानमन्त्रीले नै बोलाएकोले गौतम बुधबार दिउँसो १ बजे सिंगापुर जाने तयारीमा रहेको बताइएको छ ।
त्यसोत गौतम मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै सिंगापुर जाने चर्चा थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।
प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि उनको स्वस्थ्य अवस्थालाई लिएर बिभिन्न टिकाटिप्पणी भैरहेको छ ।
प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । यसअन्तर्गत आज अन्तिम चरणको उपचार हुँदैछ । यो उपचार सकिएपछि प्रधानमन्त्री शनिवार नेपाल फर्कने बताईएको छ ।