कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले निर्माणाधीन एउटा घर भत्काएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएको हो । घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जानकारी दिएको छ।
घटनाका विषयमा अध्ययन गरिरहेको हाउजिङको भनाई छ । मूलपानीका अन्य स्थानमा पनि राति ससाना पहिरो गएको तथा घरभित्र पानी पसेको कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले बताएका छन । ग्रीनहिल सिटीले मूलपानी क्षेत्रमा हालसम्म १ सय ५० घर निर्माण गरी बिक्री गरिसकेको छ भने ८ सय घर निर्माण गर्ने बताइएको छ । मूलपानी क्षेत्रमा असार २६ गतेको अविरल वर्षाका कारण पर्खाल भत्किएर टहरो पुरिँदा ३ व्यक्तिको मृत्यु भएको थियो ।
तस्वीरः सामाजिक संजाल