सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।
प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२स्२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो ।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।
उपचारकै क्रममा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक चलाएका थिए।
प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेनन् भने उनको स्वास्थ्य अवस्थाको बारेमा पनि कुनै जानकारी दिइएन्।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि सबैजसो मन्त्रीहरु विमानस्थल पुगेका थिए।