मुलुकमा पर्यटन विश्वविद्यालय खोलिने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री भट्टराईले शुक्रबार नेपाल ट्रेकिङ एशोसिएशन ९टान०को ४१ औ साधारण सभामा त्यसको लागि विधेयक तयार भइसकेको बताए । ‘पर्यटन क्षेत्रको दीगो विकासको लागि त्यस सम्बन्धित छुट्टै विश्वविद्यालय नै आवश्यक छ’ उनले भने, ‘हामीले त्यो आवश्यकता महशुस गरेर पर्यटन विश्व विद्यालय खोल्ने योजना बनायौ । पर्यटन विश्वविद्यालय स्थापनाको लागि विधेयक ड्राफ्ट भइसकेको छ ।’
मन्त्री भट्टराईले पर्यटन विकासको लागि मन्त्रालयमा सम्बन्धित पक्षसँग नियमित छलफल गरिने उल्लेख गरे । ‘पर्यटक विकासको लागि यससँग सम्बन्धित सबैसँग परामशए र सुभलावज आवश्यक छ’ उनले भने । ‘त्यसको लागि मन्त्रालयले टान, नाटा, हान लगायत सबै प्षसग नियमित छलफल गर्ने योजना बनाइरहेको छ । पर्यटन मन्त्रालयले अब सबै पक्षसँग नियमित छलफल गर्नेछ ।’
मन्त्री भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकको विभिन्न स्थानमा डिजिटल उजुरी पेटिका राखिने जानकारी समेत गराए ।
समृद्धिमा १० प्रतिशत योगदान
मन्त्री भट्टराईले मुलुकको कूल ग्राहस्थमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान रहेको जानकारी दिए । मुलुकको विकासमा पर्यटन क्षेत्रतको मह्तपूर्ण योगदान छ’ उनले भने, ‘कूल ग्राहस्थ ९जीडीपी०मा १० प्रतिशत पर्यटन क्षेत्रले ओगटेको छ । अब मुलुकको समृद्धिमा पनि पर्यटनले कम्तीमा १० प्रतिशत योगदान गर्नुपर्छ ।’