सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

सिंगापुरमा उपचार गरेर फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किएका छन्। सिंगापुरमा दुई हप्तासम्म उपचार गरेर शुक्रबार मध्यान्ह फर्किएलगत्तै प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । नेकपाका एक अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल दिउँसो बालुवाटार पुगेका हुन्।

दुई नेताबीच सरकारको गतिविधि, सचिवालय बैठक र नेकपाको एकताको बाँकी प्रक्रियाबारेमा संवाद भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा पनि विस्तृतमा जानकारी लिएका छन्।



चिकित्सकले प्रधानमन्त्री ओलीलाई नियमित काममा फर्किन कुनै समस्या नरहेको बताएका छन् । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री गत भदौ ५ गते त्यसतर्फ गएका थिए।

सम्बन्धित समाचार