यस्तो छ, चिनियाँ विदेशमन्त्रीको आजको कार्यतालिका

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उनको शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ।



सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ। पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने छ। मन्त्री ज्ञवालीले नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार