भारतको चन्द्रयान २ लैंडर विक्रमको चन्द्रमाको धरातलमा उत्रिने समयमा इसरोसँग सम्पर्क टुटेको छ, त्यसपछि भारतीयहरुमा निराशा छाएको छ । तथापि सारा इण्डिया यस प्रयासको सराहना गरेको छ । प्रधानमन्त्री मोदी सहित कैयौं बलिउड हस्तिहरुले इसरोका वैज्ञानिकहरुको तारिफ गरेका छन् र भनेका छन् कि इसरोसँग धेरै आशा जोडिएको छ ।
चन्द्रमाको सतहभन्दा करीब २.१ किलोमिटर उचाइभन्दा पहिले डैंलरसँग इसरोको सम्पर्क विच्छेद भएको थियो । चन्द्रयान २ को बारेमा के भइरहेछ भनेर बुझ्न वैज्ञानिकहरु कोशिशमा लागिरहेका छन् । डाटाको अध्ययन अहिले भैरहेको छ । वलिउडकी अभिनेत्री तथा मिसन मंगलकी नायिका तापसी पन्नूले यस प्रयासको लागि इसरोको प्रंससा गरेकी छिन् ।
अभिनेत्रीले ट्वीट गर्दै इसरोको सराहना गर्दै लेख्दछिन्, “खसखसाएको घाँटी र आँशु सहितको आँखाको साथ पुरा देश यस कुराको साक्षी छ कि हामी सबै एउटै आशामा विश्वास गर्दछौं कि एउटा ठूलो फड्को मार्नको लागि एक कदम पछाडि जानुपर्दछ । इसरो तपाई हाम्रो लागि हीरो हो ।”
त्यसैगरी वलिउडको दिग्गज अभिनेता अनुपम खेरले इसरोको प्रयासलाई सराहना गरे र राम्रोको लागि आशा जगाए । उनले आफ्नो ट्वीटमा लेखेका छन्, “आज पुरा दुनियाँ भारतको साथ छ ।” उनले इसरोलाई हौसला दिंदै लेख्छन्, हिम्मतवानहरु नै संघर्षको दौरान गिर्दछन् जो घुँडाका भरमा हिंड्दछन् तिनीहरु के गिर्दछन् र ? हामीलाई इसरोप्रति गर्व छ ।”