मानिसको प्रजनन् क्षमता र सन्तान जन्माउने सामथ्र्य कति वर्षसम्म रहन्छ भनेर अनुमान लगाउन गाह्रो हुन्छ । हालै भारतको आन्द्र प्रदेशमा सामान्य रूपमा पत्याउन गाह्रो हुने यस्तै घटना भएको छ । एकजना ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् भने आमा र बच्चीहरूको अवस्था सामान्य रहेको महिला डाक्टरले जानकारी दिएकी छन् ।
७३ वर्षमा आमा र ८२ वर्षमा बाबु बनेका दम्पती भने सन्तान प्राप्तिपछि आफूहरू अत्यन्त खुसी रहेको कुरा बीबीसीलाई बताएका छन् ।
कुराकानीका क्रममा ती दम्पतीले गाउँलेहरूले उनीहरूलाई निसन्तान र बाँझी आइमाई भनेर होच्याउने गरेकोमा अब त्यस्तो अवस्था नरहेको बताएका छन् । – एजेन्सी