राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।



मन्त्री वाङ यी भोलि दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङको भ्रमणलाई राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार