नेपाल भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ यीले आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै छन्। नेताहरुबीच दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी हुने बताइएको छ।
यसअघि विदेशमन्त्री वाङले हिजो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको द्वीपक्षीय वार्तापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।
भेटवार्ता सकेर यी आजै दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्।