नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतले घटेको मुल्य आजै मंगलबार अपरान्ह १२ बजे देखि लागु हुने बताएका छन् ।
अब मूल्य समायोजनपछि पेट्रोलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ, डिजेल र मट्टीतेलको ९५ रुपैयाँ हुने निगमले जनाएको छ ।
निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाएको छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।