प्रधानमन्त्री उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन्।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको मुटुको जाँच भइरहेको छ।



गत वर्ष प्रधानमन्त्री ओलीले त्रिवी अस्पतालमा भर्ना भएर मुटुको उपचार गराएका थिए। त्यसकै फलोअपका लागि ओली आज उनी त्यहाँ गएको उनको सचिवालय स्रोतले जनाएको छ।

दुई हप्तासम्म सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर शुक्रबार स्वदेश फर्किएका ओली फेरि उपचारकै लागि त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।

सिंगापुरबाट फर्किएपछि उनको आफू पूर्ण रुपमा स्वस्थ्य भएको प्रतिक्रिया दिएका थिए।

सम्बन्धित समाचार