उपनिर्वाचनका लागि नेकपाले दियो दल दर्ताका लागि निवेदन

उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । आगामी मंसिर १४ गतेका लागि तय भएको नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन दिएको हो ।

नेकपा महासचिव विष्णु पौडेलले संविधानअनुसार आवश्यक कागजातसहित आयोगमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरित निवेदन पेश गरिएको जानकारी दिए । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा पार्टी बनेकाले नेकपाले दल दर्ताका लागि निवेदन दिनु परेको हो ।



नेकपाको सचिवालय बैठकले प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुन दल दर्ता हुनुपर्ने नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी दिएको थियो । निवार्चन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ ।

सम्बन्धित समाचार