‘जहाज रोकेको’ भन्दै मन्त्री भट्टराईमाथि हातपात प्रयास (भिडियो सहित)

नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि एउटा समूहले जहाजमै दुर्व्यवहार गरेको छ। विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएको छ। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौज गर्दै हातपात प्रयास गरेको हो।

धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौं आउने क्रममा मन्त्री भट्टराईका कारण एक घण्टासम्म बुद्ध एयरको जहाज रोकिएको भन्दै शाहीसहितको समूह मन्त्रीमाथि जाइ लागेको हो। साँझ ६ बजेर २५ मिनेटमा उड्नुपर्ने बुद्ध एयरको जहाज मन्त्री भट्टराई धनगढीबाट नेपालगञ्ज आइपुग्न ढिला हुँदा एक घण्टा ढीलो भएको बताइएको छ।



मन्त्री भट्टराई कैलालीको कार्यक्रम सकेर नेपालगञ्ज आउन ढिला हुँदा जहाज ७ बजेर ८ मिनेटमा काठमाडौं उडेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ। मन्त्री भट्टराई ढिलो गरी आइपुगेर चढेको बुद्धको जहाजमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताका बताउने ज्ञानेन्द्र शाहीसहितका यात्रु पनि थिए। जहाजमा चढेपछि शाही र उनका समर्थकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीकाअनुसार मन्त्रीमाथि हातपात प्रयास र गालीगलौज पनि भएको थियो। शाहीसहितले मन्त्री भट्टराई को होरु भन्दै हमलाको प्रयास गरेको प्रहरीले जनाएको छ। मन्त्रीमाथि हातपात प्रयासलाई प्रहरीले रोकेको जनाएको छ।

 

सम्बन्धित समाचार