प्रहरी हिरासतमा ज्ञानेन्द्र शाही, मुद्दा चलाउने तयारी

ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले शाहीलाई हिरासतमा लिएको हो । शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान भित्र मन्त्री भट्टराईलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।

मन्त्री भट्टराईका कारण विमान १ घन्टा रोकिएको भन्दै शाही लगायतले आक्रोश पोखेका थिए । तर, भट्टराईले भने १५ मिनेट आफ्ना कारणले विमान रोकिएको भन्दै माफि मागेका थिए । मन्त्रीले ढाँटेको भन्दै शाहीले आइतबार९हिजो० ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकारसम्मेलनमा झडपको अवस्था बनेपछि शाहीको सुरक्षाका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।



प्रहरी नियन्त्रणमा रहेका शाहीलाई छोड्नका लागि पूर्व एसपी दिलिप वस्नेतलाई जमानीको कागज गराएको भएपनि प्रहरीले नछोडेको र उल्टै शाहीमाथि अभन्द्र व्यवहारको मुद्दा चलाउने काम सरकारी पक्षबाट भएको भन्दै नेपालका लागि नेपाली अभियानले विज्ञप्ति जारी गर्दै विरोधसमेत गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनबाट पक्राउ परेका शाहीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प्रहरीले पक्राउ पुर्जी दिएको थियो । शाही अहिले ललितपुर प्रहरीको हिरासतमा रहेका छन् ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार गरेको विषयमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको बताए ।

प्रहरीले अभद्र व्यवहारसँगै शाही विरुद्ध गैरसैनिक हवाई उडान सम्बन्धी ऐन विपरीतको कसुर गरेको अभियोगमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

सम्बन्धित समाचार