पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका

धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पनि भएन् । अर्को नेपालमा शैक्षिक प्रणाली पनि राम्रो छैन ।

हाम्रा स्कुलहरुमा विद्यार्थीलाई घोकाएर वा यातना दिएर अध्ययनमा लगाउने गरिएको छ, यो आफैंमा गलत हो । अर्को तिर कतिले बच्चालाई प्रलोभनमा पारेर पनि पढ्न लगाउँछन् । पिटेर पढाउनु भन्दा यो केही राम्रो भए पनि उत्तम तरिका भने होईन ।



पिटेर पढाएको बच्चा ठुलो भएपछि पढ्न मान्दैन । उसको दिमागमा पढाई भनेको पिटाईबाट बच्ने तरिका मात्रै हो जस्तो लाग्छ । उ जो सँग डराउँछ उनीहरु भएको समयमा पढ्न थाल्छ बाँकी समय पढ्छ नै भन्ने हुँदैन । अर्को तिर प्रलोभन पनि मानसिक रुपमा तयार गर्ने सही तरिका होईन ।

पिटेर, घोकाएर पढाएको शिक्षाले विद्यार्थीलाई कालान्तरमा फाइदा पुर्याउन सक्दैन । नेपालमा निजी क्षेत्रका विद्यालयहरुमा यस खालका समस्याहरु देखा पर्ने गरेका छन् । पढ्ने कुरालाई यदी हामीले बानीको रुपमा विकास गर्न सक्यो भने त्यो सही तरिका हुन जान्छ । सबै भन्दा राम्रो के हुन्छ भने तपाई पनि बच्चासँगै बसेर पढ्नुहोस् । एउटा सत्य के हो भने हरेक बच्चाले उसका बुवा आमाले के गरिरहेको छ भन्ने कुराबाट नै धेरै कुराहरु सिक्न थाल्छन् । यदि आफुले मोबाइल वा टिभी हेर्दै बच्चालाई पढ्न भन्नुभयो भने त्यो लाभदायक हुँदैन ।

तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोगी भुमिका खेल्न सक्छ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने तरिका फरक हुन्छ ।

तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन । पढ्ने कुरालाई हामीले मानसिक रुपमा जोड्नुपर्छ ।

मानसिकता तपाईको घरको वातावरण, समाजका भएका मान्छेहरुको व्यवहारले धेरै फरक पार्दछ । यी बाहेक अन्य तरिकाहरु पनि हुन्छन् । जो आफुलाई चिन्न सक्ने हैसियत बनाउनु भएको छ, उहाँहरुले अध्ययन गर्ने तरिका फरक हुनसक्छ । सामान्य रुपमा चर्चा गर्दा सबैभन्दा पहिले मानसिक रुपमा तयार हुन आवश्यक हुन्छ ।

पढ्न मन लगाउनको लागि अपनाउनुपर्ने केही महत्वपूर्ण तरिकाहरु:
-सुरुवात थोरैबाट गर्ने
-आफ्नो उद्देश्य आफैँले बनाउने
-अत्यास लाग्दा नआत्तिनुस्
-जे मन पर्छ त्यही पढ्ने
-पुस्तक नछुटाउनुस्
-पढ्नको लागि समय छुट्ट्याउनुस्
-पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस्
-पढ्ने वातावरण आफैँ सिर्जना गर्ने
-पुस्तक आफैँ किन्ने
-धेरै थरिका पुस्तक पढ्ने

सम्बन्धित समाचार