ज्ञानेन्द्र शाही रिहा, के भने रिहापछि ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले हिरासतमा लिएका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सोमबार रिहा भए लगत्तै ललितपुर प्रहरी परिसरमा बोल्दै उनले देशमा भैरहेको भ्रष्टचार र बेथितिको बारेमा आवाज उठाईरहने बताए । आइतबार आफुले गरेको पत्रकार सम्मेलनमा सरकारका चम्मेहरुले आफूलाई कुटपिट र अभद्र व्यवहार गरेको भन्दै निष्पक्ष छानविन गर्न माग समेत गरे ।

शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान भित्र मन्त्री भट्टराईलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।मन्त्री भट्टराईका कारण विमान १ घन्टा रोकिएको भन्दै शाही लगायतले आक्रोश पोखेका थिए । तर, भट्टराईले भने १५ मिनेट आफ्ना कारणले विमान रोकिएको भन्दै माफि मागेका थिए ।



मन्त्रीले ढाँटेको भन्दै शाहीले आइतबार(हिजो) ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकारसम्मेलनमा झडपको अवस्था बनेपछि शाहीको सुरक्षाका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका शाहीलाई छोड्नका लागि पूर्व एसपी दिलिप वस्नेतलाई जमानीको कागज गराएको भएपनि प्रहरीले नछोडेको र उल्टै शाहीमाथि अभन्द्र व्यवहारको मुद्दा चलाउने काम सरकारी पक्षबाट भएको भन्दै नेपालका लागि नेपाली अभियानले विज्ञप्ति जारी गर्दै विरोधसमेत गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनबाट पक्राउ परेका शाहीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प्रहरीले पक्राउ पुर्जी दिएको थियो ।

सम्बन्धित समाचार