एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भयोः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताएका छन् । आज आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताए ।

उनले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिए । उनले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गरे ।



नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गरे । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उनको छ । भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसङ्ख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार