महिनावारी हुँदा पेट दुखेर आत्तिनु भएको छ ? त्यसो भए यसो गर्नुहोस्

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एउटा परिवर्तन हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुने गर्दछ । कसैकसैमा ९–१० वर्षमा पनि महिनावारी सुरु हुने गर्दछ यसलाई साधारण नै मानिन्छ । महिनावारीलाई खानपान, हावापानी र जीवनशैलीले पनि प्रभाव पार्ने गर्दछ । यो शरीरमा रहेको हर्मोनमा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्ने सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको हर्मोनको मात्रामा परिवर्तन आउने गर्दछ । जसले गर्दा पनि पेट दुख्ने गर्दछ ।



महिनावारी हुँदाको दुखाइ धेरै महिलाहरुको साझा समस्या हो । यसले महिलाहरुको मानसिक स्वास्थ्यलाई समेत प्रभाव पारिराखेको हुन्छ । महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो तर कुनै महिलालाई निरन्तर पेट दुखिरहन्छ भने उपचारको अर्को बाटो नै रोज्नुपदर्छ ।

सामान्यरुपमा महिनावारी हुँदा पेट दुखाइलाई कम गर्न निम्न प्रक्रिया अपनाउन सकिन्छ :

-घरेलु तरिका अपनाएर पनि महिनावारी हुँदा पेट दुख्ने समस्यालाई कम गर्न सकिन्छ । हट वाटर व्याग, रुमाल वा सुतीको कपडालाई तातो पानीमा भिजाएर पेटको वरिपरि राख्न सकिन्छ ।

-हट वाटर ब्याग नभएको खण्डमा सिसाको बोतलमा तातो पानी राखेर पनि दुखेको ठाउँमा सेक्न सकिन्छ यसले पनि दुखाइलाई केही राहत दिन्छ ।

-त्यसैगरी दुखेको ठाउँमा बिस्तारै हल्का मालिस गर्दा पनि दुखाइ कम गर्छ । बेला–बेलामा तातो पानी पिउनुहोस् । जस्तै सुप, दूध चिया जस्ता झोल पदार्थको बढी सेवन गर्नुहोस् ।

-महिनावारीको समयमा शरीरमा रहेको विषात्त, रगत जाने भएको हुँदा कमजोरी पनि महसुस हुन्छ । यस्तो बेलामा खानपानमा बढि ध्यान दिनुहोस् ।

-साविकको भन्दा बढि फलफूल, गेडागुडीको रस हरिया सागसब्जी खानहोस् । जसले गर्दा शरीरलाई कमजोर हुन दिँदैन ।

-त्यस्तै महिनावारी भएको समयमा गह्रौं काम नगर्नुहोस् । हल्का व्यायाम भने गर्नुपर्छ । हल्का व्यायामले दुखाइलाई केही मात्रामा भए पनि कम गर्दछ ।

-त्यस्तै तनाव नलिनुहोस् । तनावले पनि शरीरलाई कमजोर बनाइदिन्छ । यदि तपाईले घरेलु उपचार गर्दा पनि दुखाई कम नभएमा चिकित्सकको सल्लाह लिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार