प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास भवनको बालुवाटारमा शिलान्यास गरेका छन् ।
बुधबार सिंहदरबारमा संसद भवनको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री निवासको शिलान्यास गरेका हुन् ।
आवश्यकतालाई ध्यानमा राखेर आधुनिक र प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गरिन लागेको प्रधानमन्त्री ओलीले बताए ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफु बस्न नभई आफु पछिका प्रधानमन्त्रीका लागि भवन बनाउँन लागेको जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो।
दुई भवनमध्ये एक प्रधानमन्त्री निवासका लागि प्रयोग हुनेछ भने अर्कोमा बैठक कक्षसहितको भवन बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
करिब ४० करोड रुपैयाँको लागतमा भवन बनाउन लागिएको हो।