पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार इलाममा आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए।
उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गरे । “अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भने, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ ।”
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपनेतासमेत रहेका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गरे ।