हालै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले कास्की २ को उपनिर्वाचनमा उम्मेद्वार नबन्ने बताए । बामदेव उपनिर्वाचनबाट किन पछि हटे भन्ने बिषय अहिले बहशको बिषय बनेको छ । नेकपा र कांग्रेस दुबैले प्रतिष्ठाको विषय बनाएको कास्की २ को उपनिर्वाचनमा कस्ले बाजी मार्ला ? के हार निश्चित देखेरै गौतम पछि हटेका हुन् त ?
यसकारण पछि हटे वामदेव गौतम
कास्की २ को उपनिर्वाचनबाट गौतम पछि हट्नुको मुख्य कारण नै अन्तर्घातको डर हो । गत निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ मा गौतमलाई कांग्रेस उम्मेद्वार सञ्जय गौतमले ७५३ मतले हराएका थिए । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, पनि गौतम पराजित भए । अघिल्लो निर्वाचनमा नै अन्तर्घातको शिकार भएका गौतम कास्कीमा पनि यहि प्रकरण दोहोरिने डरले उपनिर्वाचनबाट पछि हटेको बुझ्न सकिन्छ ।
नेकपाभित्रको शक्ति सन्तुलनले पनि उनले निर्वचनमा होमिने आट गर्न सकेनन् । पछिल्लो समय केपी ओलीनिकट देखिएका उनले पूर्व माओवादीको पनि साथ नपाउने बुझे । ओलीसँगको निकटताले गर्दा झलनाथ खनाल र माधव नेपाल गुटका नेताबाट पनि साथ नपाउने भन्दै उनले कास्की २ को उपनिर्वाचनमा विजयी हुन सजिलो नभएको निष्कर्षमा पुगेको बुझ्न सकिन्छ ।
अर्कोतिर ३२ हजार अन्तरले अगाडि रहदा पनि बर्दियाबाट पराजित हुन पुगेका गौतमले कास्कीको मत अन्तर कम भएकोले पनि उमेद्वारी दिन हच्किएको देखिन्छ । कास्की २ मा ८ हजार ५ सय मत अन्तरले अगाडि रहेको नेकपाले जित हासिल गर्न सिंगो पाटी एक हुनु आवश्यक छ । पछिल्लो समय सरकारसँगको असन्तिुष्टीले पनि नेकपालाई समस्या पर्ने देखिन्छ । यी सबै परिस्थितिको बिस्लेषण गरेर नै बामदेव कास्की उपनिर्वाचनबाट पछि हटेको बुझ्न सकिन्छ ।