यौन जीवन यसरी बनाउनुहोस् सफल तथा रोमाञ्चक

यौन जीवनबारे मानिसहरू खुलेर कुरा गर्न रूचाउँदैनन् । अझै पनि हाम्रो समाजमा यौनबारे खुला रूपमा कुराकानी गर्नुलालाई नकारात्मक दृष्टिकोणले हेरिने भएकाले मानिसहरु यसबारेमा कुरा गर्न हिच्किचाउँछन् ।

तर यौन जीवनलाई कसरी सुखमय बनाउने र यौन साथीलाई कसरी खुसी तुल्याउने भन्ने कुरा चाँहि हरेकको चासोको विषय पर्न जान्छ ।



कतिपयले यौन सुखलाई अत्यन्तै जटिल रुपमा र कतिपयले अति सरल रुपमा बुझ्छन् र समस्या निम्तन्छ । तर थोरै कुरामा ध्यान दिने हो भने यौन जीवनलाई सुखद बनाउन सकिन्छ ।

विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले जोडीबीचको यौन जीवनलाई रोमाञ्चक र सुखी बनाउन सहयोग गर्छ ।

मनोविज्ञहरुका अनुसार हाँसोले मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम गर्छ र तौल सन्तुलनमा राख्न पनि सहयोग गर्छ ।

ससाना कुराहरुमा खुसी हुने र हाँस्ने तथा आफ्नो यौन साथीसँग हाँसोसाथ प्रस्तुत हुँदा त्यसले विश्वास जित्न सहयोग गर्छ । यसले शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने गर्छ ।

उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गर्छ । जुन मानिसको जीवनमा उर्जाको सञ्चारमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता बढाउन पनि सहयोग गर्छ ।

हँसमुख रहने मानिसको मानसिकता सकारात्मक रहने र त्यसले साथीसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पुर्‍याउँछ । हाँसोले निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पुर्‍याउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ र यौन सन्तुष्टि प्राप्त हुने विज्ञहरु बताउँछन्।

सम्बन्धित समाचार