राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष अर्थात शताब्दी टेकेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना प्रदान गरेकी छिन् ।
राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् ।
१९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेले सोमबार उमेरले शताब्दी टेकेका हुन्।१९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका घिमिरेले गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन्। हाल उनी महाकाव्य लेखिरहेका छन्।
२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गरेका थिए। अहिले उनी ८४ वर्ष पुगेकी छन्।