नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले सांसदको रुपमा गत दुई वर्षमा आफूले गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने भएका छन् । जनताको मत लिएर निर्वाचित भएपनि आफूले गरेका कामका बारेमा जनतालाई जानकारी गराउने प्रचलन नरहेका बेला सांसद थापाले कार्यविवरण सार्वजनिक गर्न लागेका हुन् ।
उनले दुई वर्षको अवधिमा आफूले सम्पन्न गरेका काम, गर्न खोजेका प्रयाससँगै गर्न नसकेका कामहरु पनि बताउने छन् । दशै, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा आयोजित चियापानमा सांसद थापाले भावी योजनाका बारेमा पनि आफ्ना मतदातालाई जानकारी दिने छन् ।
जनउत्तरदायी प्रतिनिधिले आफूले गरेका हरेक कामको बारेमा जनतालाई जानकारी गराउनु पर्ने दायित्व स्वरुप कार्यविवरण सार्वजनिक गर्न लागेको उनले बताए ।
कामका बारेमा बताउने र शुभकामना आदानप्रदान गर्नेगरी आयोजना गरिएको चियापान कार्यक्रम आज दिउँसो २ः ३० बजेदेखि अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा हुने छ ।