भोलि अर्थात् सोमबार सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएको छ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री बिना मगरले जानकारी दिएकी छिन।
मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर निजि तथा सार्वजनिक सौचालय निर्माण र सरसफाईका क्षेत्रमा ठुलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवका रुपमा मुलुकलाई नै खुला दिसामुक्त घोषणा गर्न लागेको बताएकी छिन ।