सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप, महरा भन्छन्, ‘मलाई फसाउने षड्यन्त्र भयो’

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । यद्यपि आरोपको पुष्टि हुन भने बाँकी नै छ । यो आरोपपछि महरा विवादमा समेत तानिएका छन् । सभामुख महराले एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् ।

संसद सचिवालयका काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हुन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।



यसैबीच सभामुख कृष्णबहादुर महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले आफुु ती महिलाको कोठामा समेत नगएको दावी गरेका छन् । आफु आइतबार बेलुका घरैमा रहेको समेत उनले प्रस्ट पारेका छन् । महराले भने, ‘संसद सचिवालयमा हेल्थ दरबन्दी छैन, उहाँहरु केही मानिस हेल्थबाट संसद सचिवालयमा काजमा आउनुभएको छ,ती महिलाले यहि दरवन्दी क्रिएड गरिदनुपर्यो भनिरहेकी थिइन् ।’

यसैबीच दुर्व्यवहारको आरापबारे महराको निजी सचिवालयले खण्डन गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले एक विज्ञप्ति जारी गरी सो घटनाको खण्डन गरेका हुन् ।

सम्बन्धित समाचार