त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्राडा सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।
बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । तर, कार्यकारी निर्देशक बनेको १०८ दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।