हिरासतमा नै बित्ने भयो महराको दशैं

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबसजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख महराको दशैं अन्ततः हिरासतमा नै बित्ने पक्का भएको छ । दशैं विदाका कारण अदालत बन्द रहने भएकोले असोज २८ गतेसम्म उनी हिरासतमा नै रहने भएका हुन् ।

अदालत खुलेपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि अदालतसमक्ष म्याद थपका लागि अनुमति माग्ने छ । आइतबार साँझ पक्राउ परेका महरालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।



असोज १२ गते तीनकुनेस्थित शाहीका डेरामा गएर महराले शाहीमाथि जबरजीती करणी गर्ने प्रयास गरेको आरोप लगाउँदै शाहीले असोज १७ गते शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पीडित पक्षको जाहेरीपछि प्रहरीले सबै प्रक्रिया पूरा गरी महरालाई पक्राउ गरी हिरासतमा राखिएको हो ।

सम्बन्धित समाचार