हिन्दूहरुको महान चाड बडादशैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।
दशैंमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौं उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।
दशैंको विदा भएको र काठमाडौं बाहिर दशैं मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडौंको सडक भने प्रायः सुनसान देखिएको छ ।