यसरी बित्यो प्रहरी हिरासतमा महराको चार रात

दशैंको मुखमा बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमै चार रात बिताएका छन् । उनलाई अरु अभियुक्त जस्तै पुरुष थुनुवा कक्षमा राखिएको छ । महरा उच्च रक्तचापका बिरामी भएकाले उनलाई राखिएको कोठामै अक्सिजन राखिएको छ । महरालाई प्रहरी अस्पतालकै चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्ने व्यवस्था समेत मिलाइएको छ ।

थुनुवा कक्षमा रहेका महरालाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही पनि पुगेका छैनन् । प्रहरीले समेत परिवारबाहेक अन्यलाई भेट्न दिएको छैन ।



महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । यसपालीको दशैँको टीका समेत नलगाएका महरालाई प्रहरी अधिकृतको मेसअनुसारको खानेकुराको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । तर महराका परिवारले समेत बेलाबेलामा खानेकुरा ल्याइदिने गरेका छन् । थुनुवा कक्षमा महराले बेलाबेलामा पुस्तकहरु समेत पढिरहेको देखिने गरेको प्रहरीले जनाएको छ ।

देशभर दशैँको रमझम चलिरहेका बेला गत आइतबार महाअष्टमीका दिन बेलुका प्रहरीले महरालाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार