यस्ता छन् चीनबाट भएका १४ उच्चस्तरीय भ्रमण

नेपालले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणलाई उच्च प्राथमिकता दिइएको छ। २३ वर्षपछि राष्ट्रपतिस्तरीय पहिलो भ्रमण हो। सीसँगै नेपालमा चीनबाट विभिन्न समयमा तीन राष्ट्रपतिको आगमन भएको । अहिलेसम्म चीनबाट १३ उच्च प्रदस्थ राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको नेपाल आगमन भएको रेकर्ड देखिएको छ।

यो भ्रमणसँगै राष्ट्रपतिको भ्रमण तेस्रो हुने छ भने, ६ पटक प्रधानमन्त्रीको आगमन भएको छ। त्यस्तै उपप्रधानमन्त्रीको आगमन पाँच पटक भएको छ।



तेइस वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रुपमा भइरहको छ ।

विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बीर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।

 

सम्बन्धित समाचार