आइतबार कांग्रेसको चियापान, सहभागी हुन सभापतिको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्न लागेको चियापानमा सहभागी हुन आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो २ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन सभापति देउवाले नेता तथा कार्यकर्ता लगायत सम्पूर्णमा निमन्त्रणा गरेको हुन ।



२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर हरेक वर्ष कांग्रेसले आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार