चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा समाचार संकलन गर्ने पत्रकारले सुट र टाई लगाउनु पर्ने ड्रेस कोट सरकारले सार्वजनिक गरेको छ । सरकारी कर्मचारीले भने राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाउनु पर्नेछ । महिलाहरुको हकमा सारी र चोलो वा कुर्था सलवार लगाउदा पनि हुन्छ ।
राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने नेपाल भ्रमणको क्रममा दिउँसो ३ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा उत्रनेछन् । उनको बस्ने व्यवस्था सोल्टी होटलको स्वीफ्टमा गरिएको छ । त्यसपछि उनी ४ बजेर ३० मिनेट जाँदा राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । भने ४ः५० बजे सोल्टी फर्कनेछन् त्याहा उच्चस्तरिय भेटघाट हुनेछ ।
आइतबार राष्ट्रपति सी जिनपिङ विहान ८ बजेर ३० मिनेटमा सोल्टीमा दुई पक्षबीच हस्ताक्षर हुदैछ । राष्ट्रपति विहान ११ बजे स्वदेश फर्कनेछन् ।