सी र प्रचण्डबीच ३० मिनेट भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा शनिवार९हिजो० नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता भएको हो । दुई नेताबीच ३० मिनेट वान टु वान वार्ता भएको थियो । वार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको प्रचण्डले जनाए ।



त्यसअघि उनले नेकपाका सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका थिए ।

शनिवार अपराह्न नेपाल आएका सीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

सीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र दुई पक्षिय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सी आजै चीन फर्कनेछन् ।

सम्बन्धित समाचार