नेपाल र चीनबीच १७ वटा द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयसँग तीन वटा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, काठमाडौं महानगरपालिकालगायत विभिन्न निकायसँग सम्झौता भएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
त्यस्तै, नेपाल र चीनका विभिन्न सहरहरुबीच भगिनी सम्बन्ध पनि स्थापना गरिएका छन् ।
हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्ता भएको थियो ।