रसियामा युवा वैज्ञानिकहरूको सम्मेलन हुँदै, नेपालको पनि सहभागिता

रसियामा हुन गइरहेको आठौं एशिया प्यासेफिक योङ साइन्टिस्ट कन्फरेन्समा भाग लिन ९ जना सहभागी र ३ जना प्रशिक्षक रहेको नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी रिकास्टका कार्यकारी निर्देशक प्राडा रामेश्वर अधिकारीले दिएका छन् । प्रशिक्षकहरूमा डा। शान्ता भट्टराई, डा। शर्मिला प्रधान तथा विनोदकुमार दुलाल रहेका छन् ।

अक्टोबर १४ तारिखदेखि २० सम्म जारी रहने कन्फरेन्समा कक्षा ८ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीहरू सहभागी रहने छन् । कन्फरेन्स अवधिमा सहभागीहरूले आ–आफ्नो खोज र अनुसन्धानलाई प्रस्तुत र डेमो प्रदर्शन गर्नेछन् ।



संसारभरका युवा वैज्ञानिकहरूको प्रस्तुति रहने कन्फरेन्समा नेपाली युवा वैज्ञानिकहरूले सहभागिता जनाउन पाउनु आफैंमा महत्वपूर्ण रहेको प्राडा रामेश्वर अधिकारीले जानकारी गराए ।

सम्बन्धित समाचार