नेत्रविक्रम बिमली
झापा, २९ असाेज ।
झापाको हल्दिवारी गाउँपालिकास्थित बाहुनढोकामा बाबुको काज किरिया छोरीहरूले गरेका छन् ।
बाबुआमाको मृत्यु पस्चात छोराहरूले मात्र काज किरिया गर्नु पर्ने भए पनि हल्दिवारी गाउँपालिका– ५ बस्ने ४९ वर्षीय कृष्णप्रसाद सुहाङ्गको गत फुलपातीको दिन असामान्य निधन भएपछि मृतक सुहाङ्गका तीन छोरीहरू र श्रीमतीले लिम्बु परमपरा अनुसार क्रिया गरेको स्थानीय लिम्बु फेदाङ्गवा भीम माबो बताउछ्न ।
स्वर्गीय पिताको काज किरिया छोरीहरू सलिना ,सृष्टि र नुमाले गरिरहेका छन् भने कान्छी छोरी लक्ष्मी ३ वर्षकी मात्र भएको हुनाले दिदीहरू र आमासँगै रहेकी छन् ।
मृतक सुहाङ्गकी धर्मपत्नी कृष्णमाया सुहाङ्गको सल्लाह अनुसार छोरीहरूले बाबुको काज किरिया गरेर आमाबुबाको काज किरिया छोराहरूले मात्र गर्नु पर्छ भन्ने अन्धविश्वासलाई तोडदै एउटा उदाहरणीय काम गरेका छन् ।