मुस्कान खातुनलाई राष्ट्रिय क्रिकेट टिमले भेट्यो

एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडीले भेट गरेका छन् । यसका साथै बलिउड अभिनेता अमिताभ बच्चनसँग उत्तराखण्डको नैतीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेका नेपाली साथी उज्ज्वल थापा पनि हुनुहुन्थ्यो ।



पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । उनले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन भनेका छन् । साथै पारसले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।

अन्य खेलाडीहरुले पनि मुस्कानको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

 

सम्बन्धित समाचार